बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २६ गते।

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो ।

झन्डै २४ घन्टादेखि आगलागी हुँदा कम्तीमा पनि ५२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ।

आगलागी भएपछि केही कामदार भाग्न सफल भए पनि त्यहाँ अड्किएका ५२ जनाले ज्यान गुमाएका हुन्।   

आगलागीमा परी अन्दाजी झन्डै ३० जना मानिस घाइते भएका छन्। सुरूमा प्रहरीले तीन जनाको मात्रै मृत्यु भएको जानकारी गराएको थियो। तर पछि अग्नि नियन्त्रकहरू भवनका माथिल्ला तलामा जाँदै गर्दा मृतकको संख्या ह्वात्तै बढेको हो।

ढाकाका फायर डिपार्टमेन्टका प्रमुख दिनुमोनी शर्माका अनुसार भवनमा जम्मा गरी राखेको विभिन्न  रसायन तथा प्लास्टिकहरूका कारण ठूलो आगोलागी भएको हो।

भित्र कति जना फसेका थिए भन्ने कुरा अहिले खुलिनसकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *