कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पार्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २६ गते।

कोपा अमेरिका फुटबल अन्तर्गत कोलम्बिया तेस्रो हुन सफल भएको छ । तेस्रो स्थानको प्रतिस्पर्धा कोलम्बियाले पेरुमाथि जित निकालेको हो। शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ ले पराजित गरेको हो ।

सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थामा लागि खेलेका हुन् । सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो ।

ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थयो । यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।

तर अग्रता लामो समय टिकेन । दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे ।

९० मिनेटसम्म बराबरी भएपनि इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो ।

अब फाइनल खेल आइतबार बिहान घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *