पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जित्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ३२ गते।

पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। 

आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *