ललकु माविमा मुर्ति अनावरण दाता परिवार लगायत दर्जनौं समाजसेवी लाई सम्मानित

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,भदौ २ गते।

सिरहाको लहान नगरपालिका वडा नं ३ मा रहेको श्री लक्ष्मण ललिता कुशवाहा मा.वि.मा सोमवार बृहत् जनसमुदायको उपस्थितिमा मूर्ति स्थापना,अनावरण र एसईई को २५ ब्याच निकाल्न सफल रहेको उपलक्ष्यमा भव्यताको साथ कार्यक्रम गरेको छ ।

विधालय व्यवस्थापन समितिको अध्यक्ष राम नारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दाता लक्ष्मण मेहता,ललिता देवि मेहता अतिथिमा पशुपति आदर्श मा. वि. लहानको पुर्व प्र.अ विश्ववनाथ महतो,फुलेश्वर महतो,लनपा वाडा नं ३ को वडा अध्यक्ष राम दयाल महतो लगायतका उपस्थिति रहेको थिए ।

कार्यक्रममा दाता लगायत विधालयलाई सहयोग गर्ने दर्जनौं सहयोगी मनहरुलाई दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

गणेश भगवान,हनुमानजी र महादेवको मुर्ती स्थापनामा सहयोग गर्नुहुने दाता लक्ष्मण मेहता, विश्वनाथ महतो, हिरालाल महतो लगायतलाई  अध्यक्ष महतोले धन्यवाद दिदै उहाँहरुले विधालयको विकासमा गरेको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।

मनतव्यको क्रममा फुलेश्वर महतोले   यो विधालय एउटा ऐतिहासिक विधालय हो यहाँ सदियो देखि हिन्दु धर्मलम्विहरुले छठ पर्व र समाचकेवा धुम धाम सँग मनाउँदै आईरहेका छन् तर हिन्दुहरुका आस्थाको केन्द्र भगवान् गणेश,हनुमानजी र महादेवको मूर्ति एकैसाथ स्थापनाले स्थानीय नागरिक समाज खुशी  भएका छन् । अध्यक्ष महतो न्यूक्त भएदेखि स्थानीय सरकार र समाजका अगुवाहरुसँग सहकार्य गरेर यो विधालयलाई दिन प्रतिदिन प्रगतिको पथमा लगिरहेको  कुरा व्यक्त गर्नुभयो ।

प्र.अ शिव शंकर महतोले यो विधालय गुणस्तरीय शिक्षा दिन जहिले पनि रतिभर  पछि नहटेको कारण प्रत्येक वर्ष एसईईमा राम्रो परिणाम ल्याउन सफल भएको जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *