मिथिलाञ्चलको प्रमुख पर्वमध्ये चौठचन्द्र जनकपुरधामसहित मिथिला क्षेत्रमा आज मनाइँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ २५ गते।

मिथिलाञ्चलको प्रमुख पर्वमध्ये चौठचन्द्र जनकपुरधामसहित मिथिला क्षेत्रमा आज मनाइँदैछ ।

भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ । चौठचन्द पर्वका दिन व्रतालु निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई चौठचन्द्रमा प्रसादको रुपमा पिरकिया, खजुरिया, खाजा, पुरी, खिर घरघरमा अर्पण गरिन्छ ।

 पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । यस क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी देवतालाई चढाइने गरिन्छ ।

पर्वका लागि चाहिने सामाग्री किन्न सर्वसाधारणहरुको बजारमा भिड देखिएको थियो ।

 हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन् । भदौ शुक्ल चौथीका दिन मनाइँने चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माँझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा छ ।

चौठचन्द्र पर्व जनकपुरधाम सहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *