रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २५ गते।

रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ताले जानकारी दिए ।

बिहीबार साँझ करीब ५:३० बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको थियो । श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् ।

घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *