यो वर्षको दसैँमा पनि ५० हजार खसीबोका काठमाडौँ उपत्यका ल्याउने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ७ गते।

यो वर्षको दसैँमा पनि सरकार र व्यापारीले गरेर ५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउने भएका छन् ।

विगतका वर्षहरूमा भएको खपतलाई मध्यनजरमा राख्दै यो वर्षको दसैँका लागि उक्त सङ्ख्याका खसीबोका ल्याउने भएका हुन् ।

जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने दुई हजार वटा खसीबोका समेत सामेल छन् । योसहित, उपत्यकाको दसैँ माग धान्न ५० हजारभन्दा बढी खसीबोका भित्रिने पशुसेवा विभागले जानकारी दिएको छ । सूचना अधिकारीले खसीबोका बिक्रेता र उत्पादकले यो वर्षको दसैँमा ५० हजारभन्दा बढी खसीबोका खपत हुने जानकारी विभागलाई दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *