सावित्री कंचनजंगा अगरबत्तीबाट रक्तदान कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ७ गते।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ र का कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव  हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले ‘रक्तदान नै जीवनदान हो’ भनी र्यो कार्यक्रम गरेको हो।

 कोभिड १९ कोसङ्क्रमणको त्रास र जारी निषेधाज्ञाका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न आफ्नै कर्मचारीहरुको संलग्नतामा रक्तदान कार्यक्रम आर्योजना गरेको हो।

निषेधाज्ञाकाको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्र्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो  ।

उक्त रक्तदान कार्यक्रमबाट ३५ युनिटभन्दा बढी रगत सङ्कलन भएको छ। सावित्री कंचनजंगा अगरबत्तीले समय – समयमा विभिन्न सामाजिक उत्तरदायित्व  मुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *