अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १६ गते।
मकवानपुर प्रहरीले लागु औषध विनसाइरेक्ससहित एकजनालाई हेटौंडाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् ।
उनको साथबाट प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।