विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १९ गते।

सोमबार राति ९ बजेदेखि  विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् ।

यो क्रम लगभग छ घन्टा चल्यो।  झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाएको छ।

फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् । 

फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए । यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ। सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *