अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज २९ गते।
अफगानिस्तानको कान्दाहार सहरको एक शिया मस्जिदमा विष्फोट भएको छ।
शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको जनाइएको छ। इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएको छ।
विष्फोटमा परी कम्तिमा ३३ जनाको मृत्यु भएको छ । विष्फोटमा ७३ जना घाइते भएको समाचार संस्थाले जनाएको छ ।
घाइतेहरुको अवस्था गभ्मीर रहेको हुँदा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
घाइतेहरुलाई अस्पताल पुर्याइएको छ। रगतको अभाव रहेको भन्दै अस्पतालले युवाहरुलाई रगत दिन आह्वान गरेको छ ।
अफगानिस्तानको उत्तरी सहर कुन्दुजको एक मस्जिदमा विष्फोट भएको ठीक एक हप्तापछि कान्दाहारमा विष्फोट भएको हो । उक्त विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।
इस्लामिक स्टेटका सुन्नी मुस्लिम लडाकुहरुले विगतमा बारम्बार शियाहरुलाई लक्षित गरेका विष्फोट गरिरहेका छन् ।