एसिड पीडित पर्साका मुस्कान खातुनलाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया दिने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक ९ गते।

प्रदेश सरकारले एसिड पीडित पर्साका मुस्कान खातुनलाई थप उपचारको लागी पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *