कैलालीमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएपछि अवरुद्ध भएका सडक सञ्चालनमा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १३ गते।  

कैलालीमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएपछि आक्रोशित स्थानीयले अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ ।

स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुखड खण्ड दुर्ई दिन देखी सडक अवरुद्ध पारेका थिए । मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरीरहेका थिए ।

जिल्लाको घोडाघोडी नगरपालिका ५ डोके बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रक चालकलाई पक्राउ गरी कानुन अनुसार कारबाही गरिने र मृतकका आफन्तलाई नियमअनुसार क्षतिपूर्ति दिने सहमति पछि पूर्व–पश्चिम राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुखले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *