अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।
देशभर आजदेखि राष्ट्रिय बाघ गणना सुरु हुँदै छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न लागेको हो।
चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरू तीन कम्प्लेक्समा छुट्याइएको छ ।
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आज साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्दै छन् । रुखमा क्यामरा जडान गरेर मन्त्रीले उद्घाटन गर्ने छन् । बाघ गणनाका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ ।