जम्मु–कश्मीरको श्रीनगरमा प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर २८ गते।  

जम्मु–कश्मीरको श्रीनगरमा प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ ।

आक्रमणमा १२ जना घाइते भएका छन् । ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको हो ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । सो बसमा नवौ बटालियनका प्रहरी जवानहरु सवार थिए ।

कश्मीर प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ । आक्रमणकारी भने अँध्यारोको फाइदा उठाएर भागेको प्रहरीको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *