हुस्सु र कुहिरो लागेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १६ गते।  

आज बिहानैदेखि काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् ।

प्रतिकूल मौसमका कारण बाहिरबाट आएका विमान समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेनन् ।

भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *