अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १८ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आँशिक बदली रहेको छ ।साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
दिउँसो : देशभर आंशिक बदली रहनेछ ।
राती : देशभर आंशिक बदलीको रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।