अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस १९ गते।
सुडानका प्रधानमन्त्री अबदल्ला हामदोकले राजीनामा दिएका छन् ।
सेनासँगको विवादास्पद सम्झौतापछि पुनर्वहाली भएको केही सातामै उनले पदबाट राजीनामा दिएका हुन् ।
‘देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न सकिएन’, उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु।’
सेना र हमडोकबीचको सम्झौता अस्वीकार गर्दै प्रदर्शन जारी राखेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन्।