अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ ४ गते।
मधेश प्रदेशमा आज सार्वजनिक विदा घोषणा गरिएको छ ।
सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले आज प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिए ।
सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।