अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, माघ ८ गते।
कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरेको छ ।
प्रशासनमा कार्यरत २३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शान्ति सुरक्षा र मुद्दा बाहेकका अन्य सबै सेवा हाललाई स्थगित गरिएको सूचनामा उल्लेख छ।
अत्यावश्यक सेवा लिन आउनेहरुको हकमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको हुनुपर्ने र कोरोना विरुद्धको खोपकार्ड लिएर आउनुपर्ने जनाइएको छ।