अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ २० गते।
भारत अष्ट्रेलियालाई हराउँदै यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।
बुधबार भएको खेलमा अष्ट्रेलियालाई ९६ रनले पराजित गर्दै भारतले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
भारतले दिएको २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटियो।
भारतका लागि विक्की ओस्तवालले ३ विकेट लिए। रवि कुमारले २ तथा कौशल ताम्बे र अंगक्रिश रघुबंशीले १-१ विकेट हात पारे।
त्यसअघि कुलिज क्रिकेट मैदान, एन्टिगुआमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय यु १९ टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९० रन बनाएको थियो।
भारतका लागि यु १९ विश्वकपमा सतक प्रहार गर्ने धुल तेस्रो कप्तान हुन्। यसअघि विराट कोहली र उन्मुक्त चन्दले यु १९ विश्वकपमा सतक प्रहार गरेका थिए।