संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १६ गते।

संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि राखिएको कुकर बम नक्कली रहेको पुष्टि भएको छ ।

नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । तर कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ भने भेटिएन ।

मनोवैज्ञानिक त्रास सृजना गर्नका लागि उक्त कुकर सडकमा राखिएको पाइएको छ । तर कसले राखेको हो भन्ने यकीन भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *