अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १६ गते।
युरोपियन युनियनले रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ ।
युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ– हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ । रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभएको हो ।
युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ ।