धनुषाबाट एक युवकको प्रहरी द्धारा अचेत अवस्थामा उद्धार

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १७ गते। 

प्रहरीले धनुषाबाट एक युवकको अचेत अवस्थामा उद्धार गरेको छ ।

लक्षमिनिया गाउँपालिका १ स्थित नालामा लडिरहेको अवस्थामा सोमबार २० वर्षीय दिपेन्द्र मण्डलको घाइते अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

उनलाई प्रहरीले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको हो ।

धनुषाको हंसपुर नगरपालिका ४ तिसियाहि घर भएका मण्डल हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर बसपार्क नजिकमा डेरा गरी बस्दै आएका छन् ।

नालामा लडेको र बोल्न समेत नसक्ने घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *