अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २० गते।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५/५ रुपैयाँका दरले मूल्य बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ, भने डिजेल र मट्टितेलको मूल्य १३३ रुपैयाँ पुगेको छ ।
यता हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ ।