अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र ११ गते।
जनकपुरधामबाट एक ४ वर्षीया बालिका बिहीबार साँझ आफ्नै घरबाटै बेपत्ता भएकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझदेखि घरबाटै हराएकी हुन् ।
आफ्नै आँगनमा खेलिरहेकी बालिका बिहीबार साँझ ६ बजेदेखि हराएकी बालिकाको परिवारजनले जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले हराएकी बालिकाको खोजी तीव्र रुपमा भइरहेको बताएका छन् ।