सिरहाको सखुवानान्कारकट्टी वडा नम्बर ४ मा रामेश्वर महादेव मन्दिरको उदघाटन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, चैत्र १२ गते। 

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा रामेश्वर महादेव मन्दिरको उदघाटन भएको छ्। वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार गोईत यादवले एक बृहत कार्यक्रमको आयोजना गरी धर्मिक प्रमपरा अनुसार बिधिबत रूपमा मन्दिरको उदघाटन गरेका छन्।

उक्त स्थानमा प्राचीन कालदेखि नै पुरानो रामेश्वर महादेव मन्दिरको भौतिक संरचना रहेको स्थानीयको भनाई रहेको छ्।

गाउँलेका अनुसार उक्त स्थानमा रहेको मन्दिर निकै शक्तिशाली र लोकप्रीय मन्दिर रहेको थियो।

स्थानीय महिला दिदी बहिनीहरुले उक्त शिवालयमा पुजा अर्चना गर्न भक्तजनहरुको पहिला पनि घुईचो लाग्ने गरेको थियो।सोही स्थानमा रहेको पुरानो मन्दिर भत्काएर नयाँ स्वरुपको आकर्षक मन्दिर निर्माण गरेका हुन्।

वडा अध्यक्ष रमेश कुमार यादवले पुरानो मठ मन्दिर तथा धर्म  संस्कृतिको संरक्षण सम्बर्द्धनलाई महत्त्व दिदै दुई आर्थिक बर्षको ३/३ लाख गरी जम्मा ६ लाखको लगानीमा वाडा स्तरीय बजेट लगानी गरी उक्त मन्दिर निर्माण गरिएको बताए।

सोही वडाका वडा सदस्य गणेश प्रसाद चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा वाडा ४ का अध्यक्ष रमेश कुमार यादव रहनु भएको थियो। प्रमुख अतिथि यादवले मन्दिरलाई उदघाटन गरीएको छ। बिशिस्ट अतिथिमा जसपा नेपालका सिरहा क्षेत्र नम्बर १ का क्षेत्री अध्यक्ष परियाग लाल यादव,सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ३ को वाडा अध्यक्ष महेन्द्र प्रसाद यादव रहनु भएको थियो।

अतिथिमा जसपा नेपालका वडा नम्बर ४ एकाई कमिटी अध्यक्ष भोगेन्द्र झा,मन्दिर निर्माण उपभोक्ता समितिको अध्यक्ष राम देब साह लगायत सयौं ब्यक्तीहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *