अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १६ गते।
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित बालेन शाह आज शपथ ग्रहण गर्दै छन् ।
सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा उनले पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । उनी काठमाडौं जिल्लाको मुख्य निर्वाचत अधिकृतबाट सपथ लिने छन् ।
त्यस पश्चात मेयर बालेनबाट उपमेयर, वडाध्यक्ष र सदस्यहरुको सपथ कार्यक्रम छ। ३२ वडाकै वडाध्यक्ष र सदस्यहरुसहितको सपथपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ।