अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १८ गते।
अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेका छन् ।