प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता आज निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १८ गते।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता आज  निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न जाने भएका छन्।

आज विहान १० बजे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको टाली आज बिहान १० बजे निजगढ विमानस्थलको अवलोकनमा जाने पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। अवलोकन टोलीमा मन्त्री श्रेष्ठ पनि हुनेछन्।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णय सर्वोच्च अदालतको बदर गरेपछि अहिले अन्यौलता पैदा भएको छ।  प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँको वस्तुस्थिति बुझ्न जान लगेको बताइएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो।

गत जेठ १२ मा सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल#o बनाउनेबारे सरकारले गरेका सबै निर्णय बदर गरिदिएको थियो।  सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँ जान लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *