अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ६ गते।
कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय बिरेन्द्र सार्की पक्राउ परेका हुन्।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैँया र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए ।
उनीहरुको साथबाट सिक्रि ४, पाउजु, औँठी, बाला, टप, बटन झुम्का, टाउकोमा लगाउने गहना, जन्तर, घडी, मोबाइल सेट तीन थान, खाली पर्स, एटिएम कार्ड, कालोचस्मा, कालो झोला लगायतका सामग्री समेत बरामद गरिएको छ ।
बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।