अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २२ गते।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि भरतपुरका विद्यालयहरु पाँच दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।
हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।