लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २५ गते।

जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुराको भारतीय सीमा आसपास भारी वर्षा भएको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्र आसपास उच्च सतर्कता अपनाउन भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *