काठमाडौँ महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवेदन खुलायो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २६ गते।

काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको लागि आवदेन खुलाएको छ।

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।

महानगरले वातावरण विज्ञ, फोहोर मैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको छ । मानवशास्त्री, समाजशास्त्री, पुरातत्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री र भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियरका लागि आवेदन आह्वान गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *