धरानमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ९ गते।

धरानमा शुक्रबार राति  १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेखि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको आदेश जारी गरेको हो ।

विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्नको लागि पहल गरेका हुन् । स्थानीय प्रशासनले पनि सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ भने धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरानमा निषेधाज्ञा लगाएको छ।

साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भन्दै धरान प्रवेश गर्ने नाकामा कडाइ पनि गरिएको छ । जारी सूचनामा धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ भने ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *