अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,भदौ ११ गते।
यसपालि रक्षा बन्धन कहिले हो भदौ १३ गते हो कि भदौ १४ गते? भन्ने भ्रम जनमानसमा देखीएको छ। यहि भ्रम हटाउन यो जानकारी दिन लागिएको छ।
रक्षा बन्धन पुर्णिमा तिथिमा हुने गर्दछ। तर यसपालि भने पुर्णिमा तिथि प्रारम्भ १३ गते बुधवार दिनको १०:१७ मिनेट देखि १४ गते बिहान ७:५१ मिनेट सम्म रहेको छ । जसमा बुधवार १०:१७ देखि राती ९:२३ सम्म भद्रा रहेको छ । र रक्षाबन्धन जहिले पनी भद्रा रहित मुहुर्तमा मनाइने शास्त्रको मानयता छ।
जस कारण बुधवार राती ९:३० देखि लियेर १४ गते बिहिवार बिहान ७:५१ (मोटामोटे ८:०० सम्म) मनाउन सकिने भएता पनि राखी जहिले पनि भोकै पेट र उदय तिथीमा मनाउन शुभ मानिएकाले हरेक दृष्टिकोणले भदौ १४ गते बिहिबार बिहान ५:४२ देखि ७:५१(मोटामोटी) ८:०० बजे बिहान सम्म मनाइने शास्त्र सम्मत रहेकाले यसदिन रक्षा बन्धन मनाउन सबै जनमानसलाइ सुचित गरिन्छ। पुर्णिमा भदौ १४ गते बिहान ८:०० बजे सम्म मात्रै भएको ले शुभ मुहुर्त बिहान मात्रै हो । तर भाइ र बहिनीको यो विशेष पर्व ब्यवहारीक रुपमा भने पुरादिन मानाउन सकिन्छ।
जनै पुर्णिमा अथवा रक्षा बन्धन नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पुर्णिमा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।
यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको लामो आयु र हरेक विघ्न-बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । हरेक दिदी-बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ ।