तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम विभागको चेतावनी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख ११ गते।

तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार तीव्र गतिमा तापक्रम वृद्धि भइरहेको र यो क्रम वैशाख १४ गतेसम्म रहनसक्ने प्रक्षेपण गरेको हो।

केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ ।

आगामी चार दिनसम्म धनुषादेखि कञ्चनपुरसम्म अत्याधिक गर्मी हुने भएकाले तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *