तराईसहित देशका केही स्थानमा तापक्रम बढ्दो क्रममा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख ४ गते

तराईसहित देशका केही स्थानमा तापक्रम बढ्दो क्रममा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही,  कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना  छ।

त्यसैगरी, आज रााति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशका तराईसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ।

तराई भेगको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा गर्मी हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *