अनलाईन न्युजपाटी,चितवन,समाचारदाता, पौष १६ गते।
चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । टावरको आगो नियन्त्रणमा रहेको स्थानीयले बताए ।
आगो कसले र किन लगायो भन्ने बारेमा केही खुल्न नसकेको कोइरालाले अनलाईन न्युजपाटीलाई बताए ।