पोखरा विमानस्थलमा पिकअप भ्यान दुर्घटना हुँदा विमानस्थलमा कार्यरत एक मजदुरको मृत्यु , ३ जना घाइते

अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,फागुन ६ गते।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पिकअप भ्यान दुर्घटना हुँदा  विमानस्थलमा कार्यरत एक मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।कोठाका सामान सार्ने क्रममा सोमबार बेलुका करिब ८:३० बजेको समयमा आयोजनाको ड्रेनमा प्रदेश नम्बर ३ ०१०२२ च ०६६१ नम्बरको पिकअप भ्यान दुर्घटना भएर सोही भ्यानले किच्दा स्याङजा बिरुवाका २७ बर्षीय यामबहादुर मगरको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले अनलाईन न्युजपाटीलाई बताए । मृतक मगरको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । गाडी दुर्घटनामा झापाका ३० बर्षीय संजय उदिम,  शिव पौडेल र मुकेश गर्बुजा  घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा  बढी चोट लागेका घाइते उदिम खतरामुक्त रहेको  र अन्य दुई सामान्य रहेको  अस्पताल स्रोतले  जनाएको छ ।आयोजनाको चाइनिज कन्ट्रयाक्टर सिएएमसीको सब कन्ट्रयाक्टरको रुपमा ड्रेनमा काम गर्दै आएका ३७ बर्षीय गाडी चालक चाउ हाइनलाई प्रहरीले  नियन्त्रमा लिएको छ ।रातिको समयमा सामान सार्ने क्रममा आयोजनाको ड्रेनमा गाडी फसेपछि पिकअप भ्यानमा पछाडी बसेका मजदुरहरु डरले   हाम फालेका थिए । हाम फालेका मजदुरहरुलाई पिकअपले किचेको बताइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *