डडेल्धुरामा चरेशसहित एकजना पक्राउ

अनलाईन न्युजपाटी,डडेल्धुरा,समाचारदादाता,फागुन १९ गते।

प्रहरीले डडेल्धुरामा चरेशसहित एकजनालाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको नवदुर्गा गाउँपालिका– १ सुनकोटका ३७ वर्षीय इन्द्र भुल रहेका छन्। विशेष सुराकीको आधारमा आफ्नै किराना पसलमा लुकाएर राखेको ३ सय ७० ग्राम चरेश सहित उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताए। अदालतबाट १५ दिनको म्याद थपगरी भुलमाथी थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *