अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,फागुन २१ गते।
विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९:३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनका छ वर्षीय नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताए ।घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।आज बिहान घटनास्थलमा स्थानीय भेला भई बाटो अवरोध गरेका र उनीहरुले सडक छेउका रुख लडाएर , टायर बालेर सडक अबरुद्ध गरिरहेका छन् ।