अनलाईन न्युजपाटी,वीरगंज,समाचारदाता,फाल्गुन २३ गते।
विशेष सुचनाको आधारमा ना २ ह ५२१४ र ना.२.ह.४७४९ नम्बर को अटोमा लोड रहेको २० बोरा (१० क्वीन्टल) छोहडा सहितको २ वटा अटो बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका को वडा नं.१६ नगवा स्थितबाट छोहडा सहितको अटो नियतन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ लैजादै गरेको बरामद भएको छोहडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।