अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द गर्ने सरकारको निर्णय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत २५ गते।

नेपाल अन्तराष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *