कोरोना भाइरस सङ्क्रमित नेपाल थप तीनजना सहित ४५ पुगे: सातजना निको भई घर फर्किय

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख १० गते।

नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेर ४५ पुगेको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको छ।

“धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना जाँचमा थप तीनजनामा सङ्क्रमण पाइएको छ,” मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। बुधवार पत्ता लागेका सङ्क्रमितहरू २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष रहेको बताइएको छ।

हाल क्वारन्टीनमा बसिरहेका उनीहरूलाई विराटनगरस्थित कोशी अस्पतालमा लगिने डा. देवकोटाले बताएका छन्। ती तीनजना सुरुमा उदयपुरमा सङ्क्रमित भेटिएको १२ जनाको टोलीसँगै रहेकाहरू भएको प्रादेशिक अधिकारीहरूले बताएका छन्।

यो सहित उदयपुरमा मात्रै सङ्क्रमितहरूको सङ्ख्या २७ जना पुगेको छ। देशभर कोरोनाभाइरस सङ्क्रमितमध्ये सातजना निको भइसकेको प्रवक्ता देवकोटाले बताएका छन्। मङ्गलवार र बुधवार गरी सेती अस्पताल कैलालीबाट दुई जना अनि बुधवार टेकु अस्पतालबाट एकजना डिस्चार्ज भएको उनले बताए। साथै बुधवार सङ्क्रमित पाइएका तीनजना सहित हाल सबै सङ्क्रमितको अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *