अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, बैशाख ११ गते।
समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । दुवै पार्टीको एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ ।
सहमति अनुसार चुनाव चिन्ह भने राजपाले प्रयोग गर्दै आएको छाता नै कायम गर्ने सहमति भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्ग बीचमा तारा राख्ने सहमति भएको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।