नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ १२ गते

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि पनि गरिएको थियो । र  आज सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *