नारायणी अस्पतालबाट २ पत्रकार सहित ४३जना कोरोना बाट जितेर भए डिस्चार्ज

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ १२ गते

बीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ४१जना पुरुष र दुईजना महिलाले कोरोना विरुद्धको लडाई जितेका छन् । अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थप ४४जनाको पनि पछिल्लो रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार सबै संक्रमितहरुको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । आज बिहान नारायणी अस्पतालस्थित पीसीआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि रिपोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने प्रक्रिया अघि बढेपछि आज डिस्चार्ज गरिएको छ ।

निको हुने संक्रमितहरुमध्ये २ जना पत्रकार पनि छन् । सर्लाही, बारा तथा पर्साको बीरगन्ज, धोबिनी, छिपहरमाईका र एक जना भारतीय सहित ४३जना आज डिस्चार्ज भएको हो। अस्पतालबाट ४३ जना सबै डिस्चार्ज हुने भएपछि अब गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जनामात्र संक्रमित मात्र रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *