अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक ६ गते।
जनकपुरमा गोली प्रहार गरी एक व्यवसायीको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाका पंकज चौधरीले गोली प्रहार गरी व्यवसायी ४० वर्षका मनोज शाहको हत्या गरेका हुन् ।बुधबार विहान शिव आयल निगमका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका २ वकिलटोल निवासी मनोज आफ्नो बाँकी बक्यौता पैसा माग्न जाँदा पंकजले गोली प्रहार गरेका थए ।छातीमै दुई गोली लागेका व्यवसायी मनोज घटनास्थलमै मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट गोलीको २ वटा खोका बरामद भएको छ । साहको हत्या गरी छिमेकको घरमा लुकेका पंकजलाई प्रहरीले तत्कालै हतियार सहति पक्राउ गरेको छ ।पंकजको साथबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली १९ थान, अर्को कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली ३ राउण्ड बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।गोली प्रहार गर्ने पंकज समेत निर्माण व्यवसायी भएकाले उनीहरूबिच पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ । मृतक मनोजको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।साहको पारिवारिक श्रोतले पंकज डिजल वापतको बक्यतौता रकम लिन बोलाएका थिए । बिहान पंकजले पैसा लिन आउ भनि फोन समेत गरेका थिए । पैसा लिन गएको बेला मनोज र पंकजबिच बिबाद भएको थियो । त्यही क्रममा पंकजले मनोजमाथि गोली प्रहार गरेका थिए ।स्थानीयका अनुसार करीब आधा घण्टासम्म पंकजको घरमा दुवैबीच विवाद भएको थियो । एक्कासी गोली चलेको आवाज आएपछि स्थानीयहरु घटनास्थलमा पुग्दा मनोज गोली लागेर ढलेका थिए ।बिहान पंकजले पैसा लिन आउ भनी घरमा बोलाएको थियो र सोही क्रममा घटना घटाएको हो बुझिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक खनालले बताउनुभयो ।