अधिकांश नेपाली चढेको बस आज लखनऊमा दुर्घटना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ३ गते।

अधिकांश नेपाली चढेको बस आज लखनऊमा दुर्घटना भएको छ । आज बिहान लखनऊस्थित इकाना स्टेडिएम नजिकै भएको दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएको  छ । नेपालबाट दिल्ली जाँदै गरेको बस भारतको लखनऊमा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो।घाइतेहरूलाई लोहिया अस्पताल भर्ना गरिएको छ। सबैको अवस्था सामान्य छ। चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपालबाट दिल्ली गएको स्कैनिया बस अनियन्त्रित भएको अगाडिबाट आएको ट्रकसँग ठोक्किएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *